काठमाडौँ, ८ पौस । एनपियलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै सुदूरपश्चिम रोयल्सको एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अशोक साउद र गणेश साउद छन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।