महोत्तरी ,६ पौस । महोत्तरीमा एक डाकाको समूहले एकजना वृद्धको हत्या गरेको छ ।
महोत्तरीको मनवरासिसवा नगरपालिका वडा नम्बर ४ साढाका ७० वर्षीय सुशील झाको शनिवार बिहान डाका समूहले हत्या गरेको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार हात मुक्काले प्रहार गरी झाको हत्या भएको देखिएको छ ।
डिएसपी जयसवारका अनुसार बिहान ४ बजेको समयमा ७÷८जनाको संख्यामा आएका लुटेरा समूहले झाको हत्या गरेर घरमा लुटपाट गरेका छन् । डाकाले घरमा रहेको मङ्गलसूत्र र औठी र नगद ८० हजार लुटेर लगेका छन् ।
यस घटना विषयमा थप अनुसन्धान भईरहेको डिएसपी जयसवारले बताए ।