काठमाडौं, ५ पौस । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)हरु दुर्गा सिंह र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले अघिल्लो हप्ता उनीहरुको बढुवाका लागि सिफारिस गरेको थियो ।
एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको छ ।