काठमाडौँ, ५ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीको टोली १९ जना विरुद्ध मुद्दा दर्ताको लागि पुगेको हो ।
शुक्रवार ३ बजेसम्म कार्यालय समय भए पनि अन्तिम समयमा अदालत पुगेको र अभियोग पत्र रुजुको काम चलिरहेको जिल्ला अदालत कास्कीले जानकारी दिनु भयो । अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशी बाहेक अन्य १९ जना विरुद्ध मुद्दा चलाउने तयारीमा हो । जिल्ला अदालत कास्कीमा उनीहरु विरुद्ध पूरक अभियोग पत्र दायर गर्न लागिएको हो ।
सूर्यदर्शन सहकारी ठगीमा यसअघि पनि एउटा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा विचाराधीन नै रहेको अवस्थामा पुनः जाहेरी परेर अनुसन्धान हुँदा थप रकम अपचलन भएको पाइएपछि पूरक अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको हो । कास्कीले ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीवी राईसहितलाई प्रतिवादी बनाएको हो ।
उनी हाल फरार रहेका छ । अघिल्लो मुद्दामा पनि उनी मुख्य प्रतिवादी थियो । जिल्ला सरकारी वकिल कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो । हिरासतमा रहेका रवि, छवि र नेचर हब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाइसहितको हकमा आइतबार मात्र मुद्दा दर्ता हुने जिल्ला अदालतले जनाएको हो ।