जनकपुर, ३ पौस । बुधवार जनकपुर उपमहानगरपालिका वार्ड नं ११ स्थित मुक्ति समाज जिल्ला कमिटीले नेपालको उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवस धूमधामसँग मनाएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नं २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य लखन दास थिए । सासद लखन दासले कार्यक्रममा बोल्दै दलित अधिकार प्राप्तिका लागि दलित समुदायका बीच एकता र संगठनको महत्त्वलाई जोड दिए ।
उनले भने, “हामी सबैलाई एकजुट हुन जरुरी छ, ताकि हामी सँगै हाम्रो अधिकारका लागि लड्न सकौं ।“ उनले थपे, “दलित अधिकार सुनिश्चित गर्न नेकपा एमाले मात्र एकमात्र पार्टी हो, जसले यस दिशामा प्रभावकारी कदम उठाएको छ ।
“उक्त कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजसँग आबद्ध सम्पूर्ण सदस्यहरू उपस्थित थिए, जसले समाजका उत्थानका लागि निरन्तर संघर्ष गर्न एकजुट हुने प्रतिज्ञा गरे ।
उत्पीडित जातीय समुदायको अधिकार र समानताको लागि आवाज उठाउने महत्त्वलाई सांसद दासले प्रकट गर्यो ।