काठमाडौँ, ४ पुस । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा विहिवार बिहान भारतको दिल्ली पुगेको हो ।
उनले विमानस्थलमा भारतस्थित नेपाली दूतावास अधिकारी तथा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेको हो । युरोपको भ्रमण सकाएर उनी दिल्ली पुगेको हो । उनी बुधवार जर्मनीबाट भारतका लागि प्रस्थान गरेको थियो । भोलि अर्थात पुस ५ गते नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुने एक सम्मेलनलाई सम्बोधन गर्न उनी भारत पुगेका हो ।
सम्मेलनमा सहभागी हुनुको साथै उनले आफ्नो स्वास्थ्य जाँच पनि गराएको हो । उनले भारतका विदेश मन्त्री एस.जयशंकरसँग भेट्ने तयारी पनि गरेको हो । तर भेटघाटको समय तालिका हालसम्म तय नभएको बताइएको हो । त्यसका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पनि भारत भ्रमण हुने चर्चा चलिरहेको छ । यही बिचमा परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण भएको हो । परराष्ट्रमन्त्री भएपछि आरजुको यो दोस्रो भारत भ्रमण हो । यसअघि पनि उनी स्वाथ्य जाँचका लागि दिल्ली जाने भनेपछि विदेशमन्त्री एस.जयशंकरले औपचारिक निमन्त्रणा नै दिएको थियो । भारतले निम्तो नदिएपछि प्रधानमन्त्री ओली चीनको भ्रमण (मङ्सिर १७–२०) गरेका थियो ।
चीनबाट फर्के लगतै उनले आफू भारतको भ्रमण गर्ने धारणा सार्वजनिक गरेका थियो । तर भारतले अझै निमन्त्रणा गरेको होइन । परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणपछि प्रधानमन्त्री ओलीको पनि भ्रमण तय हुने धरैको आकलन हो । परराष्ट्रमन्त्री आरजु बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात् जर्मनीको भ्रमण गरेकी थिइन् ।
हिजो त्यहाँको यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेर दिल्लीका लागि उडेकी थिइन् । परराष्ट्रमन्त्री आरजु चीन भ्रमणबाट मङ्सिर २० गते फर्केकी थियो र २२ गते युरोप भ्रमणका लागि निस्केका थियो । युरोपबाट पुस ५ गते नेपाल फर्किने कार्यक्रम तय थियो तर उनी अचानक युरोपबाट नै भारतको हो ।
उनी पुस ६ गते नेपाल फर्किने बताइएको हो । परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणको विषयलाई लिएर नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तव र परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राय बिच भेटघाट भएको हो ।