काठमाडौं, ३ पुस । काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ परेको हो ।
काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, महानगरपालिका–१० का १८ वर्षीय एक किशोर, महानगरपालिका–७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुवेदी पक्राउ परेका हुन् ।
उनीहरूलाई मंगलबार राति प्रहरी वृत गौशलाबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार प्रदेश.३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार रहेका उनीहरूको साथबाट स्रोत नखुलेको रकम भेटिएपछि नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट रकम उल्लेख गरिएको ५ थान चेक, ५ थान मोबाइल बरामद गरिएको हो । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।