जनकपुर, २ पुस । महोत्तरीको बर्दिबासमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।
राति १२ः५० बजे ठक्करबाट अन्दाजी ४५÷५० वर्षको पुरुषलाई ठक्कर दिएको थियो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिए अनुसार उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको मृतकको सनाखत हुन बाँकी छ ।
ठक्कर दिएको बस नरोकेर भागिरहेको अवस्थामा सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ ।
थप अनुसन्धान भइरहेको डिएसपी जैसवालले जानकारी दिए ।