काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध गर्नेहरुलाई अनुहार नहेरी कारबाही गर्ने बताएका हो ।
ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको भनेको हो । प्रधानमन्त्री ओलीले भने,‘ देशको अवस्था सच्याउनुछ । गरिबीबाट माथि उठाउनु छ । देशलाई सुशासन दिनु छ । देशलाई भ्रष्टाचार मुक्त बनाउनु छ ।
मैले भनेको छु भ्रष्टहरुको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’ देशलाई सच्चाएर अघि बढाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन कर्मचारीहरुले पनि नपाउने बताए ।