काठमाडौं, २ पुस । अन्तिमपटक हिरासत म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बाहिर छाडिदिएको भए प्रमाण नष्ट गर्थेँ भन्दै प्रश्न गरेका छन् ।
कास्की प्रहरीले मंगलबार लामिछानेलाई अन्तिमपटक हिरासत म्याद थपको माग गर्दै जिल्ला अदालतमा उपस्थित भएको थियो । न्यायाधीश हिमलाल बेलबासेको २ नं. इजलासमा रविले भनेका थिए– ‘रविले मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान?’
रविले त्यति भनेपछि न्यायाधीशले मुसुक्क हाँस्दै भने, ‘त्यो पछि थाहा हुन्छ। तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ।’ जिल्ला सरकारी वकिलको कार्यालयले ४ दिन म्याद थपको माग गरेको हो ।