जनकपुर, १ पौस । सोमबार ऊर्जा क्षेत्रमा एसियाली विकास बैंक (एडीबी) नेपालले मधेशको राजधानी जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरेको प्रदर्शनीमा ५० प्रकारका समसामयिक विषय झल्काउने तस्वीरहरू राखिएका थिए ।
कार्यक्रममा मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई र खानेपानी मन्त्री माननीय शेष नारायण यादव ज्यूले अवलोकन गर्नुभएको थियो । कार्यक्रममा, नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंकको योगदानलाई स्पष्ट पार्दै, यसले मधेश प्रदेशमा ऊर्जा क्षेत्रको प्रसारण लाइन र सिंचाई संरचनाको निर्माणमा गरेको सहयोगको लागि मधेश प्रदेश सरकारलाई धन्यवाद दिइएको थियो ।
मन्त्री यादवले आगामी दिनमा एडिवी र अन्य विकास साझेदारहरूसँग हातेमालो गर्दै कार्यक्रमहरूलाई थप प्रगति गराउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा एडिवीका प्रतिनिधि पुष्प सुवेदी, मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पुष्प सुवेदीले स्वागत मन्तव्य दिएका थिए र उपस्थितहरूलाई मायाको चिनो पनि प्रदान गर्नुभयो ।