काठमाडौँ, ३० मंसिर । नेपाल बीमा प्राधिकरणका नवनियुक्त निमित्त अध्यक्ष मदन दाहालले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै निमित्त अध्यक्ष मदन दाहालले बीमाको दायरा बृद्धि हुनेगरी बीमाको मुल्य मान्यता र सिद्धान्त अनुरुप अघि बढ्ने बताएका छन् । साथै कुनै पनि मानिसले हचुवाको भरमा सुनाएको कुरामा आफुले निर्णय नलिने बताएका छन् ।
अध्यक्ष दाहालले बीमा प्राधिकरणलाई बीमा क्षेत्रका समस्या समाधान र बीमा व्यवसायलाई अगाडी बढाउँन आवश्यक अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल राष्ट्र बैंक जस्तो दायरा बृद्धि गर्नुपर्छ । त्यसकारण यस क्षेत्रको विकासमा बीमक तथा नियमनकारी निकायको सम्बन्ध बलियो बनाउँन आवश्यक छ ।
अध्यक्ष दहालले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै आफूले सकेसम्म दीर्घकालिन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट गरेका छन् ।