काठमाडौं, २८ मंसिर । सुनसरीको धरानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका–६ जरायोटारका ३७ वर्षीय अमृत रसाइलीलाई आज शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उनले २८ वर्षीया श्रीमती सम्झना रसाइलीको हत्या गरेको आरोप छ । अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको खबर पछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली खटिएको थियो ।