काठमाडौँ, २७ मंसिर । जनकपुर बोल्टस् जारी नेपाल प्रिमियर लिगको प्लेअफ पुगेको छ । आज बिहीबार काठमान्डु गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो भने जनकपुरले ५ विकेट गुमाउँदै १६ औं ओभरको अन्तिम बल अघि नै लक्ष्य पूरा ग¥यो ।
एक खेलमा मात्रै पराजित जनकपुरले अन्तिम खेल अघि नै प्लेअफमा स्थान सुरक्षित बनाएको हो । आफ्नो अन्तिम खेलमा विजयी प्राप्त गरे जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाउनेछ ।
काठमाडौँले प्लेअफ पुग्न दुवै खेल जित्न पर्नेछ नै, पोखरा, चितवन र कर्णालीको नतिजामा पनि भर गर्नु पर्नेछ ।