काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीको अब हुने ११ औं महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।
अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा निर्वाचनको कुनै सम्भावना नदेखिएको पौडेलको भनाइ छ । एमालेको १० औं महाधिवेशन २०७८ मंसिरमा चितवनमा भएको थियो।
त्यसबेला भीम रावललाई हराउँदै ओली अध्यक्ष निर्वाचित भएका थिए । नेतृत्व भनेको रहरको विषय नभई यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तराष्ट्रमा स्वीकार्यताको विषय पनि भएको पौडेलले बताएका छन ।