काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ८ वटा भ्रातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन गरेका छन् ।
सभापति देउवाले बुधबार नेपाल दलित संघ, नेपाल महिला संघ, नेपाल किसान संघ, नेपाल भूपू सैनिक संघ, लोकतान्त्रिक खेलकुद संघ, लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको निर्देशन समिति संयोजक र सदस्यहरू मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
चैतभित्रै महाधिवेशन गर्न सहजीकरणका लागि निर्देशन समिति गठन गरिएको कांग्रेसले जनाएको हो । यसअघि सभापति देउवाले नेपाल महिला सघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति असोज १६ गते गठन गरेका थिए ।