काठमाडौं, २६ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयमातहत रहने गरि आन्तरिक रोजगार महाशाखा स्थापना गरिने बताएका छन् ।
राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले स्वदेशभित्र नै रोजगारीको सम्भावनाहरुलाई अध्ययन गरि रोजगारी सिजर्ना गर्ने उद्देश्यले आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताएका छन् ।
लागतभन्दा बढि रकम तिरेर वैदेशिक रोजगारमा जानुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि सरकारको ध्यान केन्द्रीत रहेको उनको भनाइ छ ।
उनले बैदेशीक रोजगारमा गएका युवाहरुको सीपलाई स्वदेशमा फर्किपछि नेपालमा नै प्रयोग गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।