काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली विद्यालय भवन उद्घाटनक लागि आज आफ्नो जन्मस्थान तेह्रथुम पुगेका छन् ।
आज दिउँसो आलीले आठराई गाउँपालिका–४ मा रहेको प्रणामी माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गरेका छन् । तीनदिन आफ्नो गृहजिल्ला झापामा बिताएर मंगलबार मात्रै काठमाडौँ फर्किएका ओली आज फेरि जन्मस्थान आठराई पुगेका हुन् । विद्यालयमा निर्माण भएको १८ कोठे भवनको प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन् ।
यस क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरेका छन् । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिएका छन ।
भवन निर्माणमा उक्त फाउण्डेसनले चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख रुपैयाँ लगानी गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेकाअनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको लागि पहल गरिदिन आग्रह गरेको थियो ।