काठमाडौं, २५ मंसिर । आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पर्सामा प्रदर्शन गरेको छ ।
सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरुले आज मंगलबार पर्साको बीरजंगमा प्रदर्शन गरेका हो । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइदैन, राजनीति प्रतिशोध बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पर्सा पुराइएको थियो भने सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।