काठमाडौं, २५ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित धन्सारपुल नजिक स्कार्पियो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा आज बिहान भएको दुर्घटनामा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दीलीप घिमिरेले जानकारी दिएका छन ।
उनका अनुसार बाराको गढीमाई मेलाबाट सिरहा फर्किन लागेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको छ । मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन भने दुर्घटनामा चार जना घाइते भएका छन् र घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।