काठमाडौं, २४ मंसिर । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिमा कार्य समिति नै निर्विरोध भएका छन् ।
सबै पदमा एकल उम्मेदवार परेकाले रमेश वाग्लेको नेतृत्वमा निर्विरोध कार्य समिति चयन भएको छ ।
प्रतिष्ठानको उपाध्यक्षमा बेञ्जु सुवेदी, महिला उपाध्यक्षमा पवित्रा गुरागाइँ, महासचिवमा रामचन्द्र अर्याल (आरसी), खुला सचिवमा बरकत अलि मियाँ (राजु), समावेशी सचिवमा रमेश टमट्टा र कोषाध्यक्षमा तुलसीमाया सापकोटा निर्विरोध भएका छन् । यी सबै पदमा पनि एकल उम्मेदवारी परेको थियो ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाका अनुसार ‘आकांक्षीहरुको संख्या पनि कम थियो, त्यसैले निर्विरोध कार्य समिति बनाउनेगरी अगाडि बढेका हौं’,
निर्विरोध खुला सदस्यहरुमा संगेव बस्नेत, हरिकृष्ण न्यौपाने, अनन्त चालिसे, भीमनिधि अधिकारी, राजाराम बोहरा र राजेन्द्र पोखरेल छन् ।
तीन महिला सदस्यमा लक्ष्मी न्यौपाने, नुनुता राई र सुशीला बस्नेत छन् । पत्रकार महासंघको महाधिवेशन आगामी २८ मंसिरमा हुँदैछ ।