काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सकेसम्म धकेल्ने प्रयास सरकारले गरिरहेको सूचना आफूले पाएको बताएका छन् ।
आज राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बताएको हो ।
आवश्यक परेको खण्डमा आफूहरू विशेष अधिवेशन बोलाएर संघर्ष सुरु गर्ने अधयक्ष प्रचण्डले बताए । एजेन्डा सेट सदनबाट गरिनेछ । ती एजेन्डाको आधारमा सडकमा लाखौं जनतासँग मिलेर प्रतिक्रियावादीको तमाम षड्यन्त्र चकनाचुर पार्नसक्ने तागत हामीसँग छ । हामी प्रतिपक्षी जति सबैले त्यो अठोट लिएका छौं,’ प्रचण्डले भने ।