KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको अभियोगमा तीनजना पक्राउ

सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं, २२ मंसिर । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका जुडिवेला घर भएका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भनिने बिहानीबहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भनिने जगदीशप्रसाद यादव रहेको केन्द्रीय साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक भाग्येन्द्रपुरूष ढकालले जानकारी दिनुभएको छ ।

‘पक्राउ परेकामध्ये कृष्णप्रसाद भन्ने बिहानीबहादुरले ‘फेसबुक’ मा साथी बनी कुराकानीका क्रममा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू ‘रेकर्ड’ गरी राखेर पीडितका आफन्त तथा साथीहरूको ‘म्यासेन्जर’ मा पठाई चरित्रहत्या गरी दुःख हैरानी दिएको र रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित ‘ह्वाट्स एप गु्रप’ मा ‘शेयर’ गरी दुःख हैरानी दिएको उजुरीका आधारमा पक्राउ गरिएको उपरीक्षक ढकालले भने ।

यसैगरी लक्ष्मण यादव भन्ने जगदीशप्रसादले फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीका ‘म्यासेन्जर’मा पठाई चरित्रहत्या गरी दुःख हैरानी दिएको घटनामा साइबर ब्यूरोमा मुद्दा दर्ता भई फरार रहेका उनलाई वैदेशिक रोजागरीका क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।

कृष्णप्रसाद भन्ने बिहानीबहादुर र रूपक शर्माउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदीशप्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गरिने उपनिर्देशक एवं प्रहरी उपरीक्षक ढकालले बताए ।

https://www.facebook.com/kpkhabar02/videos/1391571178471339

Facebook Comment

Related Posts

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar