रामेछाप, २१ मंसिर । रामेछापमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका– १ कुलोडाँडाका ५४ वर्षीय नन्दलाल श्रेष्ठ छन् ।उनलाई एकनाले भरुवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारुद जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट बन्दुक बरामद गरेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।