जनकपुर, २१ म्ंसिर । विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरको रंगभूमि मैदान –बाह्बिग्हा)मा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ ।
झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाघुमाएर राम–सीताको स्वयम्बर गरिएको थियो ।
सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले जानकी मन्दिर र रंगभूमि मैदानमा पुष्पवृष्टि गरेको थियो ।
सीता–राम विवाह कार्यक्रम आज राति हुनेछ भने भोली रामकलेवा कार्यक्रम पश्चात सीता–राम विवाह सम्पन्न हुनेछ ।