जनकपुर, २० मंसिर । आज जनकपुरधाम–१३ स्थित मणि मण्डपमा मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले सीताराम विवाह मण्डपको दर्शन गर्नुभएको छ ।
यस अवसरमा मन्त्री यादवले विवाह महोत्सवको उपलक्ष्यमा आयोजना गरिएका विविध व्यवस्थाहरूको समेत निरीक्षण गर्नुभयो ।
मन्त्री यादवले विशेषगरी श्राद्धालु भक्तजनहरूको सुविधाका लागि प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले गरेका विभिन्न कार्यहरूको निरीक्षण गर्नुभएको छ ।
यी कार्यहरूमा शुद्ध खानेपानीको आपूर्ति, सडकका बत्तिहरूको व्यवस्था, अस्थायी शौचालयहरूको स्थापना र अस्थायी पण्डालहरू सहित भक्तजनहरूको लागि वास व्यवस्था समावेश छन् ।