काठमाडौं, २० मंसिर । प्रतिष्ठित इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ ।
आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनले अन्तिम श्वास फेरेका थिए । पुरुषोत्तम शमशेर राणा राणाकालीन नेपालका एक प्रमुख ऐतिहासिक व्यक्तित्वका रूपमा चिनिन्थे ।
उनका ऐतिहासिक लेखहरूले राणाकालीन दरबारहरूको गहिरो चित्रण र ऐतिहासिक घटनाहरूको दृषटिकोन प्रस्तुत गरेका छन् । उनले “राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू“ र “श्री ३ हरुका वृतान्त“ जस्ता प्रमुख कृतिहरू लेखेका छन्, जसले इतिहास अध्ययनमा योगदान पुर्याएको छ ।
पुरुषोत्तम शमशेर राणा रुद्र शमशेर राणाका नाति र ईश्वर शमशेर राणाका छोरा थिए । उनले आफ्नो जीवनमा नेपालका राणाकालीन इतिहासलाई उजागर गर्ने महत्वपूर्ण कार्य गरेका थिए ।
उनको निधनले नेपाली इतिहास र साहित्य क्षेत्रमा एक अपूरणीय क्षति पुगेको छ ।