काठमाडौँ, २० मंसिर । नेकपा माओवादी केन्द्रले यही २३ र २४ गते हुने अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । यसबारेमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
पौडेलका अनुसार उमेरहद र निर्वाचन प्रक्रिया सम्बन्धमा स्थायी समितिले मोडिलाटी बनाएर तिथि मितिबारे निर्णय गर्नेछ ।