काठमाडौँ, १९ मंसिर । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ ।
भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ ।
साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने पनि निर्देशनालयले जनाएको छ ।