काठमाडौं, १९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।
गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान–२०८१ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउँदै अध्यक्ष प्रचण्डले भने,
‘उतिबेला हामीले भनेका थियौँ, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोज्नेछन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्नेछौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ।
त्यो बिन्दु अब नजिक आएको छ ।’ अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन हुने उनले बताए ।