काठमाडौं, १९ मंसिर । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ ।
प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको छ । चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा दुईपक्षीय भिडन्त भएको हो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले लाठीचार्जसमेत गरेको छ । प्रहरी कार्यालय नजिकै रहेको सरकारी वकिल कार्यालयमा सभापति रवि लामिछानेको बयान चलिरहँदा उनको समर्थनमा प्रदर्शन भएको हो ।