काठमाडौं, १८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंं महानगरपालिका– १६ मा निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले शपथ ग्रहण गरेकी छन् ।
उनलाई काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ कार्यक्रममा उपमेयर सुनिता डंगोललगायत सहभागी थिए ।
श्रेष्ठले दुई ठूला दल कांग्रेस र एमालेलाई पन्छाएर १,५८४ मत ल्याएकी थिइन् । दोस्रो भएका कांग्रेसका देवेन्द्र पाठकले १,३०४ मत ल्याउँदा एमालेका लक्ष्मीरत्न तुलाधरले १,२१८ मत पाएका थिए ।