काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ उमेदवारलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका–१६ का गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनको आचारसंहिता विपरीतका कार्य गरेको पाइएपछि स्पष्टीकरण सोधिएको बताएका छन्।
आयोगले कीर्तिपुर नगरपालिकाका मेयर उमेदवार नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनलाई स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ। मेयरकै स्वतन्त्र उमेदार राजनमान महर्जनलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
काठमाडौं महानगरपालिका १६ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उमेदवार बनेकी रोजिना श्रेष्ठ, नेकपा (एकीकृत)का मीनबहादुर मानन्धरलाई आयोगले स्पष्टीकरण सोधिएको छ ।