सिन्धुली, १४ मंसिर । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त गाडी काठमाडौंबाट रामेछापतर्फ गइरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी सडकबाट तीन सय मिटर तल खसेको छ। मृत्यु हुनेमा दुई पुरुष, दुई जना महिला र एक बच्चा छन् ।














