काठमाडौँ, १४ मंसिर । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सह्य नभएको बताएका छन् ।
निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शुक्रबार उद्घाटन गर्दै प्रचण्डले बताएका हुन । त्रिभुवन विश्वविद्यालयलगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त भए पनि नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको आरोप प्रचण्डको छ ।
निजी विद्यालयका शिक्षकहरू र कर्मचारीहरूको नियुक्ति, तलब र सेवासुविधा निजी विद्यालयको अनुमतिको प्रक्रिया, शुल्कको निर्धारण, छात्रवृत्तिको व्यवस्था, कम्पनी र गुठीमा दर्ता हुने जस्ता विषय बहसमा रहेको उनले बताए ।