बुटवल, १३ मंसिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य चढेको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले सांसद तथा लुम्बिनी प्रदेशसभाको विशेषाधिकार समिति सभापति गिरीधारीलाल न्यौपाने सवार गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताएको हो ।
उनका अनुसार बीएए १२९७ नम्बरको उक्त गाडी अहिले इलाका प्रहरी कार्यालय पकडीमा राखिएको छ ।
वडाध्यक्षका उम्मेदवार मोहम्मद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा गाडी नियन्त्रणमा लिएर प्रहरीको छ । आज बिहीबार राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि शुरू हुँदैछ ।