काठमाडौं, ११ मंसिर । भारतको लोकसभाका विपक्षी नेता एवं कांग्रेस सांसद राहुल गान्धीले देशमा दलित, आदिवासी, पिछडा वर्ग र गरिबको पक्षमा बोल्नेको आवाज दबाउने काम भइरहेको टिप्पणी गरेका छन् ।
संविधान दिवसको अवसरमा भारतको तालकटोरा स्टेडियममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतमा पछिल्ला तीन हजार वर्षदेखि दलित, आदिवासी, पिछडा वर्ग र गरिबको कुरा गर्नेहरूको आवाज दबाउने काम भइरहेको बताए ।
उनले जति आवाज दबाउने कोसिस गरेपनि आफू यो वर्ग र समुदायको पक्षमा बोल्न नछोड्ने उल्लेख गरे । खड्गेले विपक्षी दलहरूको एकता र संघर्षले सरकारलाई दबाबमा राखेको भन्दै सबै विपक्षी दललाई धन्यवाद दिए ।