बाजुरा, १० मंसिर । बाजुराको हिमाली गाउँपालिका–३, विच्छ्यामा विद्युत् लाइन विस्तार गर्ने क्रममा कटान गरिएको रुख लागेर गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सुर्खेत ल्याइएको जनाइएको हो ।
स्थानीय स्तरमा विद्युत् सेवा विस्तार गर्न रुख कटान गर्ने क्रममा सो दुर्घटना भएको छ ।
गम्भीर घाइते भएका दुबैजनाको प्रारम्भिक उपचार सम्भव नभएपछि आज उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी प्रदेश अस्पताल, सुर्खेत ल्याइएको नेपाली सेनाले जनाएको छ ।