काठमाडौँ, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने धारणा कांग्रेसकोरहेको स्पष्ट गरेका छन ।
चीन हाम्रो मित्र राष्ट्र हो। किन नजाने त्यहाँ?’उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताए ।