विराटनगर, ९ मंसिर । आइतबार सुनसरीको इटहरी उपहानगरपालिका–१६ बालग्राम चोकमा टिपर र भ्यानको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ क ३३८८ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट अनियन्त्रित भएर सडकमा लडेको मोटरसाइकललाई प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले पनि ठक्कर दिएको थियो ।
दुई वटा सवारीले ठक्कर दिदा मोटरसाइकलमा सवार संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीय टीका गुरुङको मृत्यु भएको छ । प्रहरीका अनुसार उनीहरु श्रीमान–श्रीमती हुन् ।