जनकपुर, ८ मंसिर । धनुषाको कमला नगरपालिका– २ र जनकनन्दनी गाउँपालिका– ४ को बीचमा पर्ने नहरमा एक किशोरीको शव बोरामा बाँधेर फालिएको अवस्थामा फेला परेको छ ।
किशोरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र दुबै खुट्टा बाँधिएको अवस्थामा किशोरीको शव फेला परेको जनाएको प्रहरीले जनाएको छ । धान काट्न गएका किसानले नहरमा शंकास्पद अवस्थामा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय खजुरीको टोली घटनास्थल पुगेर शव बाहिर निकालेको थियो । किशोरीको पहिचान भने हुन सकेको छैन ।