काठमाडौँ, ८ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा जनसभाको आयोजना गर्नेभएको छ ।
पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेकपाले र्यालीसहित जनसभाको आयोजना गर्ने भएको छ ।
शनिबार दिउँसो १२ बजे सो पार्टीका महासचिव विप्लवको नेतृत्वमा सुनधाराबाट र्याली रत्नपार्क, बागबाजार हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुने जनाइएको छ ।
उक्त सभालाई १ बजे विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।