काठमाडौँ, ७ मंसिर । स्थानीय तह उपचुनावको वास्तविक मतपत्रको नमूना सार्वजनिक भएको छ ।
उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै स्थानका लागि छुट्टा छुट्टै आवश्यक पर्ने मतपत्रका डिजाइन तयार गरेपछि निर्वाचन आयोगले आज नमूना सार्वजनिक गरेको जनाइएको हो ।
उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र तयार गरिएका आयोगले जानकारी दिएको हो ।