जनकपुर, ६ मसिर । मधेश प्रदेशमा अवस्थित धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका २०७१ सालको बैशाख महिनामा नेपाल सरकारद्वारा घोषणा गरिएको ७२ नगरपालिका मध्ये एक हो ।
यस नगरपालिका नेपालको तराई क्षेत्रमा पर्ने एक महत्वपूर्ण स्थानीय प्रशासनिक इकाई हो जसको क्षेत्रफल ५०.८५ वर्ग किलोमिटर रहेको छ ।
यस नगरपालिका गठन गर्दा साविकका पाँच वटा गाउँ विकास समितिहरूलाई समायोजन गरिएको थियो । ती गाउँहरूमा रम्दैया भवाडी, हरिहरपुर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर र गोलापुर समावेश थिए ।
नगरपालिका गठनपछि यी सबै क्षेत्रलाई १० वटा वडामा विभाजन गरी नागरिकलाई विभिन्न सेवा र सुविधाहरू प्रदान गरिँदै आएको छ । क्षीरेश्वरनाथ नगरपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक हिसाबले एक समृद्ध नगरपालिका मानिन्छ ।
यस नगरपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार ४८,८१३ रहेको थियो, जसमा २४,७७२ पुरुष र २४,०४१ महिला जनसंख्या छन् ।
साविकका गाउँ विकास समितिहरूको विभाजन अनुसार नगरपालिका अन्तर्गत हालको वडाहरू यसप्रकार छन ।
– १ नं. र २ नं. वडाः रम्दैया भवाडी
– ३ नं. देखि ६ नं. वडाः सखुवा महेन्द्रनगर
– ७ नं. वडाः हरिहरपुर
– ८ नं. र ९ नं. वडाः दिगम्बरपुर
– १० नं. वडाः गोपालपुर
यस नगरपालिका क्षेत्रको भौगोलिक सिमाना पूर्वमा धनुषाधाम र मिथिला बिहारी नगरपालिका, पश्चिममा बटेश्वर गाउँपालिका, उत्तरमा मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका, र दक्षिणमा लक्ष्मीनिया गाउँपालिका अवस्थित छन् ।
क्षीरेश्वरनाथ नगरपालिका हाल शिक्षा, स्वास्थ्य, संरचनागत विकास र सामाजिक सेवामा निरन्तर प्रगति गर्दै एक आदर्श नगरपालिका बन्ने क्रममा छ ।