काठमाडौं, ६ मंसिर । धनुषामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
धनुषाधाम नगरपालिका–३ स्थित सडकमा सर्साचोकबाट धनुषाधामतर्फ आउँदै गरेको ना.१ क ९६९६ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सरोज शर्माकी छोरी ३ वर्षीया मान्सी शर्माको आज बिहान मृत्यु भएका जनाइएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको हो ।