सिरिया, ६ मंसिर । सिरियाको प्राचीन पाल्मिरा सहरमा भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
बेलायतमा आधारित युद्ध पर्यवेक्षक “सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स” ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ ।
जस मध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर–सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए । युनेस्कोको विश्व सम्पदा सुचिमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए ।