काठमाडौं, ६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् ।
आज राष्ट्रपति शीतल निवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई राष्ट्रपति पौडेलले महारथी प्रदान गरेका छन । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा अनुसार द्विवेदीलाई सम्मान गरिएको हो ।
पाँचदिने औपचारिक भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदी मंगलबार काठमाडौं आइपुगेका हु्न् । मानार्थ सम्मानको कार्यक्रम अघि द्विवेदीले प्रधानसेनापति अशोकराज सिग्देलसँग औपचारिक भेट गरेका थिए ।