उदयपुर, ६ मंसिर । उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राजन चापागाईंका अनुसार बुधबार साँझ भएको दुर्घटनामा त्रियुगा नगरपालिका १३ का ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको छ ।
मध्यपहाडी राजमार्गमा पर्ने त्रियुगा नगरपालिका १३ मा पर्ने दनुवारी चोकमा विपरित दिशाबाट आउँदै गरेको स १ त ५७४२ नम्बरको ट्याक्टरसँग प्र १–०५–००१ प ४२७३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो,’ डीएसपी चापागाईंले भने, घाइते दुई छोरा खतरामुक्त छन् ।
दुर्घटनामा ज्यान गुमाउने चौधरीका छोराहरु १५ वर्षीय दिवाकर चौधरी र १० वर्षीय कृष्ण चौधरीलाई जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचारपछि गएराति नै थप उपचारको लागि विराटनगर पठाइएको छ ।
दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताको शवगृहमा राखिएको छ ।