महेन्द्रनगर, ५ मङ्सिर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् ।
आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।
लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने भन्दै उनले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै जनताको विश्वास र भरोसा जगाउनु पर्नेमा जोड दिए ।
जनताको भरोस जगाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण भएकाले स्थानीय सरकारले सहज ढङ्गले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताएका छन ।