काठमाडौं, ५ मंसिर । सहकारी पीडितहरूले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)द्वारा आयोजनामा पीडितहरूले बुधबार विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । उनीहरूले उपत्यकाको सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकलगायतका स्थानबाट ¥यालीसहित माइतीघरमा प्रदर्शन गरेका हुन् ।